थप ९ जनामा देखियो कोरोना

देउखुरीः दाङमा क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीसहित नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि उपचारको लागि अस्पताल लगिएको छ ।

गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा खटिएका दुई जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको र उनीहरुलाई कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु

लमही नगरपालिका वडा नं. १ निवासी ४० वर्षीय र राप्ती गाउँपालिका वडा नं. ८ निवासी ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले दुबै स्वास्थ्यकर्मीलाई पहिले देखि नै गढवामै क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी दिए ।

याे पनि पढ्नुस  मलेशिया र खाडीमा मात्रै २७ नेपालीमा कोरोना संक्रमण

अहिले दुबै स्वास्थ्यकर्मीलाई कोरोना विशेष अस्पतालमा लगिएको छ । यस्तै गढवा गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा गढवा–६ निवासी ३६, गढवा–७ निवासी २४ वर्र्षीय पुरुष व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । दुबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका मध्य रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्