‘असार १ गतेदेखि पठनपाठन शुरू गर्ने निर्णय भएको छैन’

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि पठनपाठन शुरू गर्ने निर्णय नभएको जनाएको छ ।

मन्त्रालयले असार १ गतेदेखि पठनपाठन शुरू नहुने स्पष्ट पार्दै शैक्षिक संस्थाहरुमा पठनपाठन सुरु गर्ने निर्णय मन्त्रिपरिषद्ले नै गर्ने बताएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरस जोखिम नियन्त्रण गर्न गठित उच्च स्तरीय समन्वय समितिको सिफारिसमा मन्त्रिपरिषद्ले पठनपाठन सुचारुबारे निर्णय गर्ने बताएको छ ।

याे पनि पढ्नुस  अस्पतालले भन्यो– संक्रमित व्यक्तिको मृत्यु भएको छैन

साथै, लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्न उनले निर्देशन दिएका हुन् ।

दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको जनाएका छन् ।

याे पनि पढ्नुस  संकटको घडीमा स्वास्थ्यकर्मी आफ्नो दायित्वबाट पछि नहटौंः डा. भगवान कोइराला

‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु,’ मन्त्री पोखरेले विज्ञप्तिमा भनेका छन् ।

 

कमेन्ट गर्नुहोस्