उत्तराखण्डका मन्त्रीकी श्रीमती संक्रमित, मन्त्रीसहित ४१ जनालाई क्वारेन्टाइनमा राखियो

एजेन्सीः भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजकी पत्नीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार उनको निवासमा उपस्थित ४१ जना अन्य व्यक्तिलाई पनि अलग गरिएको छ र उनीहरूको नमूनाहरू परीक्षण गरिएको छ ।

देहरादूनका जिल्ला मजिस्ट्रेट आशीष श्रीवास्तवले एएनआईलाई भने, ‘अमृता रावत जीको रिपोर्ट आएको छ, जसमा उनमा कोरोना पोजेटिभ देखिएको छ । उनलाई ऋषिकेशको एम्स अस्पतालमा भर्ना गरिएको छ । क्याबिनेट मन्त्री र उनका कर्मचारीहरुलाई अलग्गै राखिएको छ ।’

याे पनि पढ्नुस  दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव!

सतपाल महाराज शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा उपस्थित थिए, जसमा मुख्यमंत्री त्रिवेंद्र सिंह रावत पनि उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्