पाल्पा पनि पुग्यो कोरोना, तीन जनामा संक्रमण

पाल्पाः पाल्पामा पहिलोपटक तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा पाल्पाका तीन जना पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमित हुनेमा माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका १९ वर्षीय र अन्य दुई जना रैनादेवी छहरा गाउँपालिकाका ३८ वर्षीय र ४० वर्षीय पुरुष छन् । सक्रमित केही दिन पहिले भारत बाट आएका थिए ।

याे पनि पढ्नुस  को हुन् बिहीबार बिहानै थपिएमा ७ जना संक्रमित ?

संक्रमितलाई तानसेनको बृद्ध आश्रमा निर्माण गरिएको आइसोलेसनम ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

कमेन्ट गर्नुहोस्