फेरि क्वारेन्टाइनमा वृद्धको मृत्यु, काेराेना रिपोर्ट आउन बाँकी

सिन्धुपाल्चोकः चौतारा साँगाचोकगढीमा रहेको क्षेत्रीय क्वारेन्टाइन मेलचौरमा १४ दिन बसेर घर फर्किएका एक वृद्धको गएराति मृत्यु भएको छ ।

सोही ठाउँ १३ नम्बर वडाका ६८ वर्षीय पुरुषमा स्वासप्रश्वासको समस्या देखिएर मृत्यु भएको वडाध्यक्ष रामप्रसाद गौतमले जानकारी दिए । उनी गत वैशाख १० गते काठमाडौंको हरिसिद्धिबाट घर आएका थिए ।

याे पनि पढ्नुस  इटली र फ्रान्समा कोरोना संक्रमण दर घट्दो, ब्राजिलमा भने बढ्दो

क्वारेन्टाइनमा उनको आरडिटी परीक्षण गरिएको र त्यसमा नेगेटिभ नतिजा देखिएपछि घर पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले जानकारी दिए । ती वृद्धको परिवारको आग्रहमा आफन्तले पिपिई सेट लगाएर अन्त्येष्टि गरेका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा वडामा रहेको स्वास्थ्यचौकीमा उनको मृत्यु भएको हो ।

याे पनि पढ्नुस  १४ दिन जहाजमै क्वारेन्टाइन !

मृतकको आइतबार बिहान स्वाब संकलन गरी परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । रिपोर्ट आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्