कोरोना भाइरस: कोरोनाभाइरसकै कारण मर्ने खतरा कति छ र हामी कतिसम्म डराउने?

कोरोनाभाइरसलाई अदृष्य ज्यानमाराका रूपमा अर्थ्याइँदैछ। त्यसभन्दा डरलाग्दो अरू के हुन्छ र?

एउटा घातक रोगाणु जसलाई हामी देख्न सक्दैनौँ र जब यो हामी भित्र छिर्छ हामीले यसको उपचार गर्न सक्दैनौँ।

त्यसैले कैयौँ मानिसहरू घर बाहिर निस्कन, जीवनका नियमित काम गर्न या बच्चालाई स्कूल पठाउन पनि डराइरहेका छन्।

मानिसहरू सुरक्षित रहन चाहन्छन्। तर समस्या के हो भने हामी अब त्यति सुरक्षित छैनौँ।

किनभने घातक परिणाम दिने भाइरस अहिले हामी वरिपरि घुमिरहेको छ।

सन्तुलनको खोजी
त्यसो भए अब के गर्ने त? केहीले सुरक्षाको ग्यारेन्टी नहुन्जेल विभिन्न कुरामा लगाइएका रोक कायम हुनुपर्ने भन्छन्। तर त्यस्ता तर्कले प्रतिबन्धहरू कायम राख्दा पनि अन्य खतरा निरन्तर हुने तथ्यलाई ध्यान दिएका छैनन्।

यूकेका प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेशर क्रिश विटी यसलाई महामारीको ‘अप्रत्यक्ष मार’ भन्छन्। त्यसमा स्वास्थ्यसेवामा कम पहुँच, मानसिक रोगमा वृद्धि, आर्थिक कठिनाइ र शिक्षामा क्षति रहेका छन्।

प्रतिबन्ध खुकुलो हुँदै जाँदा समाज र व्यक्तिले खतराहरूको प्रतिस्पर्धामा सन्तुलन खोज्न आवश्यक हुनेछ।

शत प्रतिशत सुरक्षा किन अपेक्षा गर्नु हुँदैन?

याे पनि पढ्नुस  भारतमा आज मात्रै ५२ जना संक्रमित थपिए, मर्नेको संख्या ११ पुग्यो

एडिनबरा विश्वविद्यालयमा विश्वव्यापी आम स्वास्थ्य समस्याकी प्रोफेशर देवी श्रीधर भन्छिन्, हामीले आफैले आफैलाई हामी सुरक्षित छौँ त? भनेर सोध्नुपर्ने भएको छ।

“खतरा त जहिले पनि हुन्छ। कोभिड-१९ समुदायमा उपस्थित रहने भएपछि जसरी हामी सवारी चलाउँदा वा साइकल चलाउँदा खतरा कम गर्नेबारे सोच्छौँ त्यसैगरी यो रोगबाट कसरी हामीले खतरा कम गर्ने भन्ने सोच्नुपर्‍यो।”

उनले विद्यालय सञ्चालनबारे अहिले जारी विवादलाई देखाउँदै उक्त कुरा भनिन्। अनि यही कुरा अरू क्षेत्रमा पनि लागु हुन्छ।

पीपीई, कन्ट्याक्ट ट्रेसिङ जस्ता कुरामा सरकारी गतिविधिको आलोचक रहँदै आएकी उनले त्यही सेवा कस्तो हुन्छ त्यसैमा अरू सुरक्षा भर पर्ने बताइन्।

व्यक्तिलाई कति खतरा छ?
जति स्वतन्त्रताको कुरा आउँछ त्यति नै व्यक्तिगत निर्णयको भूमिका पनि अगाडि आउँछ।

र त्यो भनेको सही उपाय खोज्ने भन्दा पनि सबभन्दा राम्रो उपायको खोजी हुनुपर्छ।

केम्ब्रीज विश्वविद्यालयका तथ्याङ्कशास्त्री प्रोफेशर डेभिड स्पीगेलहाल्टर भन्छन् यो त वास्तवमा ‘खतरा व्यवस्थापनको खेल’ बन्न पुगेको छ- र हामीले सामना गरिरहेको खतरा व्यवस्थापन गर्नुपर्ने भएको छ।

याे पनि पढ्नुस  जनताले प्रश्न उठाएपछि क्वारेन्टाइनबाटै फेसबुक लाइभ गरिन न्यूजिल्याण्डकी प्रधानमन्त्रीले

कोरोनाभाइरसबाट हामीले दुईवटा खतरा सामना गरिरहेका छौँ। एउटा सङ्क्रमित हुने खतरा र दोस्रो सङ्क्रमित भएपछि गम्भीर रोग लाग्ने या मृत्यु नै हुने खतरा।

यो हप्ता यूकेमा जारी एउटा तथ्याङ्कमा अहिले कोरोनाभाइरसबाट हरेक चार सय जनामा एकजना सङक्रमित भएका छन्।

त्यसैले हामी बाहिर निस्कँदा अहिले अभ्यासमा रहेको सामाजिक दूरी कायम गर्ने हो भने ती सङ्क्रमितबाट आफूमा सर्ने सम्भावना असाध्यै कम छ। र सरकारको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण कार्यक्रम निरन्तर रहँदा भाइरसको सङक्रमणको सम्भावना अझ कम भएर जानेछ।

यदि हामी सङ्क्रमित भइहाल्यौँ भने पनि धेरैजसो व्यक्तिमा कोरोनाभाइरसको लक्षण असाध्यै सामान्य किसिमको हुन्छ। र बीसजना प्रष्ट लक्षण हुने व्यक्तिमध्ये पनि जम्मा एकजनालाई अस्पतालको उपचार चाहिने विश्वास गरिएको छ।

आफूमाथिको खतरा कसरी विश्लेषण गर्ने?
पहिले नै अरू रोग लागिसकेकाहरू जोखिममा छन्। अनुसन्धानका अनुसार ६५ वर्ष मुनिका अरू रोग नभएका व्यक्तिको मृत्यु नहुने बराबर छ।

र बीस वर्ष उमेर पुगेका व्यक्तिहरूमा अरू रोग लागेर मर्ने सम्भावना जति छ त्यति जस्तै कोरोनाभाइरसबाट पनि हुनसक्ने खतरा छ।

याे पनि पढ्नुस  आइसोलेसनमा राखिएका युवकको चितवनमा मृत्यु, काेराेना पुष्टि हुन बाँकी

उदाहरणका लागि ४० वर्षका प्रति १ हजार जनामा एकजनाले अर्को जन्मदिन मनाउन नपाउने जति खतरा छ त्यति नै कोरोनाभाइरसबाट मृत्यु हुनसक्ने खतरा छ।

र त्यसरी मृत्यु हुनेमा पनि पहिले नै कुनै स्वास्थ्य समस्या भएकाहरू पर्दछन्।

त्यसैले तपाईँको अन्य कुनै कारणले मृत्यु हुने खतरा कम छ भने कोरोनाभाइरसबाट मृत्यु हुने खतरा पनि कम नै हुन्छ।

खतरामा रहेकाहरूको खोजी
त्यसैले खतरामा रहेकाहरूको खोजी गर्नु सबभन्दा महत्त्वपूर्ण छ।

अहिले ब्रिटिश सरकारले सरकारले २५ लाख मानिसलाई आइसोलेशनमा बस्न भनेको छ। त्यसमा अङ्ग प्रत्यारोपण गरेका, क्यान्सर उपचारमा रहेका र गम्भीर किसिमका श्वास प्रश्वास प्रणालीको रोग भएकाहरू छन्।

त्यसबाहेक थप एक करोड मानिसहरू पनि जोखिम समूहमा पर्दछन्। त्यसमा ७० वर्ष माथिका मानिसहरू, मधुमेह र मुटुरोगी लगायतका पर्दछन्।

अक्सफोर्ड विश्वविद्यालयकी उमेर सम्बन्धी प्रोफेशर सारा हार्पर भन्छिन्, ‘उमेरको जथाभावी प्रयोग’मा पुनर्विचार आवश्यक भएको र जोखिममा रहेकाहरूको समूहमा पनि त्यसको खतरा फरक फरक रहेको तथ्य केलाउनुपर्छ।

BBC बाट

कमेन्ट गर्नुहोस्