आज एकै दिन थपिए २२६ कोरोना संक्रमित

काठमाडौंः नेपालमा आज २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा २२६ पुरुष र १३ महिला रहेका छन् ।

आज संक्रमित पुष्टि हुनेमा झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

याे पनि पढ्नुस  प्रहरीले घुँडाले घाँटी थिचेका जर्ज फ्लोयडमा कोरोना थियो

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ ।

त्यस्तै, आज १ जना कोरोना जितेर घर फर्किएका छन् । यो सँगै कोरोनाबाट मुक्त हुनेको संख्या २ सय २१ जना पुगेको छ । जसमध्ये १७३ पुरुष र ४३ महिला हुन् ।

याे पनि पढ्नुस  ६२ वर्षीय संक्रमितले पनि जिते कोरोना

अहिलेसम्म नेपालमा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ६ पुरुष र २ महिला रहेका छन् । हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।

कुन प्रदेशमा कति संक्रमित ?

प्रदेश १ मा १६८ जना- ९ जिल्ला

प्रदेश २ मा ६९४ जना- ८ जिल्ला

बागमति प्रदेशमा ४६ जना- १२ जिल्ला

याे पनि पढ्नुस  अमेरिकामा फेरि बढे मृतक र संक्रमित

गण्डकी प्रदेशमा २६ जना- ६ जिल्ला

प्रदेश ५ मा ६२१ जना- १० जिल्ला

कर्णाली प्रदेशमा १९८ जना- ५ जिल्ला

सुदूरपश्चिम प्रदेशमा ४५ जना- ९ जिल्ला

कुन प्रदेशमा कति डिस्चार्ज ?   

प्रदेश १ मा ३० जना

प्रदेश २ मा १०४ जना

बागमति प्रदेशमा २९ जना

गण्डकी प्रदेशमा ३ जना

प्रदेश ५ मा ४८ जना

सुदूरपश्चिम प्रदेशमा ७ जना

कमेन्ट गर्नुहोस्