नेपालमा काेराेना: सतर्क रहौं, डराउनु पर्दैन

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १,८११ पुगेको छ । संक्रमित ८ जनाको मृत्यु भएको छ भने २२१ जना निको भएर घर फर्किएका छन् ।

– यसप्रकार मृत्युदर ०.४ % छ । यी ८ जना मृतकको इतिवृत्ति राम्रोसंग केलाउने हो भने ‘डेथ फ्रम कोभिड -१९‘ को संख्या खासै छैन | यी केस ‘डेथ विथ कोरोना भाइरस हुन् ।

– अन्य देशको तुलनामा नेपालमा कोरोना संक्रमण जोखिम बर्गमा देखिएको छैन । नेपालमा २० बर्षदेखि ५० बर्ष उमेरका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यी मध्ये ९० % भन्दा धेरै संक्रमितमा कोभिड १९ को लक्षण देखिएको छैन । सक्रिय उमेरका व्यक्ति भारत लगायत देशमा काम गर्न जाने, पढ्न जाने वा अन्य ब्यबसाय गर्न जाने भएकोले त्यहि बर्गमा संक्रमण धेरै देखिएको छ । यो उमेरका व्यक्तिमा दीर्घरोग कम हुन्छ । तसर्थ भन्न सकिन्छ, नेपालमा कोरोना संक्रमणको कारण धेरै जनाको मृत्यु हुँदैन ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाः कुन जिल्लामा कति संक्रमित ? (सूचीसहित)
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे ।

– भारत लगायत अन्य देशमा काम गर्ने १० लाखभन्दा धेरै नेपाली स्वदेश आउनको लागि प्रतिक्षारत छन् । तसर्थ केहि महिना संक्रमितको संख्या बढ्दै जानेछ । राज्यले ठूलो क्षमताका सुबिधा सम्पन्न क्वारेन्टाइन केन्द्रको प्रबन्ध गर्नु जरुरी छ । नेपाल भित्रिने पहिलो नाकाबाट सिधै क्वारेन्टाइनमा २ हप्ता राख्ने तथा त्यसपछि परिक्षण गरेर आफ्नो थातथलोमा पठाउने हो भने संक्रमितको संख्या त्यति धेरै बढ्ने छैन । तर राज्य अहिलेजस्तो योजनाविहीन बनिरह्यो भने यसले ठूलो क्षति गराउनेतर्फ हामी सचेत हुनु आबश्यक छ ।

याे पनि पढ्नुस  सङ्क्रमित बढ्दै जाँदा लकडाउनमा थप कडाई

– भारत तथा अन्य देशबाट आइरहेको तथा आउने नागरिक मध्ये ९० % गाउँमा जाने अवस्था छ । गाउँमा घरको दुरी टाढा हुने, को कहाँबाट कहिले आएको बारे थाहा हुने तथा क्वारेन्टाइनमा नबसि खुला हिंड्न नपाइने स्थिति भएको हुँदा ‘स्थानीय संक्रमण’ कम हुने प्रक्षेपण गर्न सकिन्छ । सहरमा जस्तो द्रुत गतिले गाउँमा रोग सर्ने भीडभाड हुँदैन ।

– अधिकांश संक्रमित लक्षणविहिन भएको हुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्ने सम्भावना थोरै हुन्छ । छोंटो समयको सामान्य बोलचालमा संक्रमण सर्दैन । अधिकांश लक्षणविहिनलाई खोकी, हाच्छ्युं, घ्यारघ्यार नहुने भएकोले भाइरस सर्नको लागि पर्याप्त लोड पुग्दैन ।

– नेपाल आइपुग्दा संक्रमितको रोग सार्न सक्ने अबधि ११ दिन कट्ने भएकोले टेस्ट पोजिटिभ देखिएपनि अन्य व्यक्तिलाई रोग सर्दैन ।

याे पनि पढ्नुस  दाङमा पनि थपिए ५ संक्रमित

– नेपालमा जनवरी तथा फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आइसकेको बिभिन्न तथ्यले पुष्टि गर्न सकिन्छ । केहि जनसंख्या पहिलो वेभले इम्युन भएका छन् । तसर्थ र्यापिड टेस्टमा हजारौंको एन्टिबोडी पोजिटिभ देखिएको छ । यो दोस्रो वेभले पनि जनसंख्याको केहि हिस्सालाई इम्युन बनाउने छ । यसै गरेर समाज क्रमशः इम्युन हुँदै जानेछ ।

– सामाजिक दुरी, मास्कको प्रयोग, सरसफाई, घरमा बस्ने बानी आदिले गर्दा सिधै संक्रमण हुनेको संख्या न्युनतम हुनेछ ।

– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो, बेसार, अमला, कागती, भिटामिन सि, भिटामिन डी खाने, घाम ताप्ने, ब्यायाम गर्ने, योग तथा ध्यान गर्ने लगायतका अभ्यास जीवनशैली हुन लागेका छन् ।

कमेन्ट गर्नुहोस्