बाँके दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो (नामावलीसहित)

नेपालगञ्जः बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठूरिया जंगलमा गएराति भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत भएको छ ।

मृत्यु हुनेहरूमा दैलेख गुराँस गाउँपालिका–४ का गाडी चालक दानबहादुर खड्का, सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ तातापानीका सहचालक पवन भण्डारी, रोल्पा थबाङ ३ का भिबहादुर विक र नरेन्द्र विक, रोल्पा रुन्टीगढी ६ होलेरीका मोहनचन्द्र विक, दाङको राजपुर ६ का राम कुमार पुन रहेका छन् ।

याे पनि पढ्नुस  बाँके दुर्घटनाः घाइते हुनेहरूको परिचय खुल्यो (नामावलीसहित)

त्यस्तै, ठेगाना नखुलेका निमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, पूर्णबहादुर पुन, सीता पुन र रितेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइतेहरूमध्ये १० जना सल्यान, ६ जना दाङ र ५ जना रोल्पाका रहेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा गएराति फोर्स गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो । २१ जना घाइते भएका थिए ।

याे पनि पढ्नुस  बाँके दुर्घटनाः मृतक संख्या १२ पुग्यो

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।

याे पनि पढ्नुस  बाँके दुर्घटनाः मृतक संख्या १२ पुग्यो

घटनास्थलको प्रकृति हेर्दा तीब्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

कमेन्ट गर्नुहोस्