नेपालमा थप ३५ जनामा देखियो कोरोना

काठमाडौंः नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत र पुशपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

संक्रमित सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९÷९ जना र अछामका १ जना रहेका छन् ।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सुर्खेतको लेकवेशी नगरपालिका–१ का २१, २२, २२, २४, २६, २९, ३६ वर्षीय पुरुष र ८ वर्षीया बालिकामा संक्रमण देखिएको छ ।

याे पनि पढ्नुस  को हुन् आज थपिएका १० कोरोना संक्रमित ?

यस्तै, लेकवेशीकै वडा नम्बर २ का २४ वर्षीय पुरुष, वडा नम्बर ३ का ३६ र ६१ वर्षीय पुरुष, वडा नम्बर ५ का २५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यसैगरी, पञ्चपुरी नगरपालिका–१० का २५ वर्षीय पुरुष, भेरीगंगा नपरपालिका–११ का ४ वर्षीय बालक र २५ तथा ६० वर्षीया महिलामा संक्रमण देखिएको छ ।

दैलेखेको नारायण नगरपालिका–१ का १७ र १९, वडा नम्बर ३ का २७, ३० र ३१, वडा नम्बर ८ का १७ र २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  चीनमा फेरि देखियो कोरोना

दैलेखकै चामुण्डा विन्द्रासैनी नगरपालिका–७ का ४५ र नौमुले गाउँपालिका–२ का २८ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । सल्यानको वनगाड कुपिन्डे नगरपालिका–३ का १७, १७, १९, १९, वडा नम्बर ४ का २२, २४, २५ तथा वडा नम्बर ६ का २३ र २४ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमै गरिएको परीक्षणमा अछामको चौरपाटी गाउँपालिका–२ का ३१ पुरुषमा पनि संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा पछाडि संक्रमण देखिएको थियो ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमै वडा अध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २३३ पुगेको छ । सोमबार बिहान मात्रै सुर्खेतमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचारः

आज थप १३ जनामा कोरोना, संक्रमितको कुल संख्या १८११

आज एकै दिन थपिए २२६ कोरोना संक्रमित

नेपालमा काेराेना: सतर्क रहौं, डराउनु पर्दैन

कमेन्ट गर्नुहोस्