दैलेखमा एकै दिन थपिए ५० कोरोना संक्रमित

दैलेखः दैलेखमा एकै दिन ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परिक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले ५० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे । योसँगै दैलेखका कोरोना संक्रमितको संख्या ९८ जना पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  भारतमा कोरोना संक्रमितको ग्राफ बढ्दो

नयाँ संक्रमित हुनेहरूमा नारायण नगरपालिकाका ४० जना, महाबु गाउँपालिकाका एक जना र दुल्लु नगरपालिकाका ७, चामुण्डा विन्द्रासैनी नगरपालिकाका एक र नौमूले गाउँपालिकाका एक जना छन् ।

कमेन्ट गर्नुहोस्