असार १ देखि वैकल्पिक व्यवस्थाबाट पढाई हुने, यस्तो छ निर्देशिका

काठमाडौंः असार १ देखि वैकल्पिक व्यवस्थाबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयले निर्देशिका ल्याएको छ ।

कोरोना महामारीले तत्काल विद्यालय खुल्ने सम्भावना नरहेपछि शिक्षा मन्त्रालयले वैकल्पिक व्यवस्थाबाट विद्यार्थीलाई पठनपाठन गराउन े निर्देशिका ल्याएको हो । त्यसका लागि मन्त्रालयले ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ आइतबार स्वीकृत गरेको छ ।

याे पनि पढ्नुस  वैकल्पिक सिकाई प्रविधिको शुभारम्भ, प्रधानमन्त्री ओलीले दिए शुभकामना (पूर्णपाठ)

‘असार १ गतेबाट उक्त निर्देशिका बमोजिम वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने, गराउने व्यवस्थाका लागि संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूलाई अनुरोध छ,’ मन्त्रालयले सूचना निकालेर भनेको छ ।

विद्यालय खोल्नेबारे हालसम्म कुनै निर्णय भने नभएको मन्त्रालयले प्रष्ट पारेको छ । निर्देशिकामा प्रविधिका माध्यमबाट पठनपाठन गर्न सकिने उल्लेख छ ।

याे पनि पढ्नुस  कक्षा १ देखि नै अब संस्कृत पढाइ हुने

मन्त्रालयले जारी गरेको निर्दे्शिकामा प्रदेश सरकार, स्थानीय तह, विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाइएको छ । विद्यार्थीलाई उपलब्ध हुन सक्ने स्रोतसाधनका आधारमा ५ तहमा वर्गीकरण गरेर सोहीअनुसार पठनपाठन सञ्चालन गर्न सकिने विकल्प दिइएको हो ।

विद्यालय खुलेर नियमित पठनपाठनको सहज अवस्था सिर्जना नहुञ्जेल खुला तथा दूर शिक्षालगायत वैकल्पिक शिक्षा प्रणालीबाट सिकाइ सहजीकरण गर्न निर्दे्शिका ल्याइएको मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  विद्यार्थी भर्ना र शुल्क नलिनूः शिक्षा मन्त्रालय

निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्