क्वारेन्टाइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

स्याङजाः फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

याे पनि पढ्नुस  कोभिड–१९ः नेपालको लागि अवसर हुनसक्छ

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गर्दा अचानक बाटोमै बेहोस भएका कार्कीलाई रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पुर्याएको थियो । तर, उपचारका क्रममा कार्कीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

याे पनि पढ्नुस  भारतमा २५ मईदेखि आन्तरिक उडाउन सुचारू हुने

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्