भारतमा कोरोनाः फेरि बनायो नयाँ रेकर्ड !

काठमाडौंः भारतमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ । तीव्र गतिमा भइरहेको संक्रमणका कारण भारतमा दुई लाख नजिक संक्रमित पुगेका छन् ।

हालसम्म त्यहाँ कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

संक्रमितमध्ये ९५ हजार ७९४ जना निको भएर घर फर्किसकेका छन् । ९७ हजार ८ जना स्वास्थ्यकर्मीको निगरानीमा छन् । ८ हजार ९४४ संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ ।

याे पनि पढ्नुस  ललितपुरमा पनि देखियो कोरोना, काठमाडौंमा थप ३ जनामा संक्रमण पुष्टि

२४ घण्टामा कोरोना

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाले २०० जनाको मृत्यु भएको छ । यो तथ्यांकसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ हजार ६०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ७ हजार ७७६ कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै भारतमा कोरोना संक्रमितको संख्या एक लाख ९८ हजार ३७० पुगेको छ ।

याे पनि पढ्नुस  विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

भारतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या विश्वकै तेस्रो बढी हो । पहिलो स्थानमा रहेको अमेरिकामा ७२८ र दोस्रो ब्रजिलमा ७३२ जनाको ज्यान गएको छ ।

लकडाउन खुकुलो

भारतमा सोमबारदेखि लकडाउन खुकुलो भएको छ । यसलाई भारतले अनलकको पहिलो चरण भनेको छ । यसअन्तरगत भारतको गृहमन्त्रालयले सपिङ मल, होटल, रेस्टुराँ तथा धार्मिकस्थल खोल्न अनुमति दिएको छ ।

याे पनि पढ्नुस  ‘कोरोना भाइरस तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने’

यद्यपि विद्यालय, कलेज, शैक्षिक प्रशिक्षण संस्थाहरू दोस्रो चरणमा मात्रै खोलिने छन् । अन्तरराष्ट्रिय हवाई यात्रा अहिले पनि बन्द हुनेछ । पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र प्रेक्षालय, हल, सामाजिक, राजनीतिक र खेल सम्बन्धी गतिविधि बन्द रहनेछन् ।

कुन प्रदेशमा कति ?

 

कमेन्ट गर्नुहोस्