मंगलबार बिहानै थप १० जनामा देखियो कोरोना

काठमाडौंः मंगलबार बिहानै थप १० जनामा कोरोना देखिएको छ । स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ थपिएका संक्रमित स्याङ्जाको चापाकोट नगरपालिकाका २२, २६, ३२ र ४० वर्षीय चारजना पुरुष र सोही जिल्लाको बिरुवाका २० वर्षीय पुरुष रहेका छन् ।

याे पनि पढ्नुस  कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दू शर्माका अनुसार पर्बतको फलेबास नगरपालिकाका २० र ४० का दुईजना पुरुष र सोहि जिल्लाको महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षीय तीनजना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

याे पनि पढ्नुस  आज एकै दिन ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

कमेन्ट गर्नुहोस्