अमेरिकामा फेरि बढ्दै कोरोना

काठमाडौंः अमेरिकामा कोरोना भाइरस संक्रमित र मृतकको संख्यामा अझै कमि आउन सकेको छैन । कोरोना केही घटे पनि नियन्त्रण भने हुन सकेको छैन ।

दैनिक ५ सयको हाराहारिका कोरोनाबाट मानिसहरूले ज्यान गुमाइरहेका छन् भने १५ हजार बढी संक्रमित फेला परिरहेका छन् ।

याे पनि पढ्नुस  आज कोरोना पुष्टि भएका बाँकेका ८ संक्रमित पनि भारतबाटै आएका थिए

त्यहाँ आइतबारको तुलनामा सोमबार फेरि कोरोना संक्रमित र मृतक संख्या बढेको छ । आइतबार ६३८ जनाको मृत्यु र २० हजार ३५० जना संक्रमित थपिएको अमेरिकामा सोमबार ७३० जनाको मृत्यु हुँदा २२ हजार १५३ नयाँ संक्रमित थपिए ।

योसँगै अमेरिकामा संक्रमितको संख्या १८ लाख ५९ हजार २२३ पुग्दा एक लाख ६ हजार ९२५ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा मृत्यु हुनेको संख्या फेरि ह्वात्तै घट्यो

शीर्ष दुई स्थानका प्रभावित राज्यबाट विस्तारै कोरोना अन्य राज्यमा बढी फैलिएको छ ।

कुन राज्यमा कति ?

कमेन्ट गर्नुहोस्