रूकुम घटनाः दोषीलाई कार्वाहीको माग गर्दै शरीरमा डोरी बाँधेर र्‍याली

धनगढीः रूकुम पश्चिममा नवराज विकलगायत ६ जनाको हत्या विरोधमा कैलालीको धनगढीमा र्‍याली निकालिएको छ ।

शरीरमा डोरी बाँधेर पार्कमोडदेखि शुरू भएको र्‍याली जिल्ला प्रशासन कार्यालयमा कोण सभामा परिणत भएको थियो ।

कोण सभा कार्यक्रममा नेपाल दलित संघका वरिष्ठ उपाध्यक्ष छत्र टेलरले लोकतान्त्रिक देशमा यस्तो घटना हुनु दुखद् भएको बताए । उनले मानवको बाच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।

याे पनि पढ्नुस  एक्सपर्ट धनगढी ब्लुजको समर्थनमा र्‍याली

नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले उक्त घटना अमानवीय र निन्दनीय भएको बताइन् ।

र्‍यालीमा सहभागिहरूले घटनाका दोषी पत्ता लगाएर कडा कार्वाही गर्न माग गरेका छन् । साथै उनीरूले कानुनी राज्यको प्रत्याभूति गराउन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्