डब्ल्यूएचओको चेतावनीः एन्टिबायोटिकको प्रयोगले बढी मृत्यु हुन्छ

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एन्टिबायोटिकको प्रयोगले कोरोना संक्रमितको बढी मृत्यु हुने भन्दै प्रयोग नगर्न चेतावनी दिएको छ ।

डब्ल्यूएचओका अनुसार कोरोना महामारीको सामना गर्न एन्टिबायोटिकको प्रयोगले ब्याक्टेरियालाई सुदृढ बनाउनेछ र यस संकटमा बढी मृत्यु हुने गर्दछ ।

सोमबार निर्देशक टेड्रसस एडोनम गिब्रियसले भने, ‘ब्याक्टेरिया रोगहरूको उपचार गर्न प्रयोग गरिने औषधीहरूको बिरूद्ध ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढ्दैछ ।’

याे पनि पढ्नुस  नेपालमा कोरोना कहरः तपाईंको प्रदेश र जिल्लामा कति संक्रमित ? (सूचीसहित)

कोभिड–१९ महामारीको कारण एन्टिबायोटिकको प्रयोग अधिक भएको छ र परिणाम स्वरूप बिस्तारै तिनीहरूमा ब्याक्टेरिया अझ शक्तिशाली हुन्छन् ।

यस्तो अवस्थामा वर्तमान महामारीको समयमा र आउँदै गरेको समयमा रोगहरू बढी घातक हुन सक्ने चेतावनी उनले दिएका छन् ।

कमेन्ट गर्नुहोस्