थप १८ जनाले जिते कोरोना, पुष्पगुच्छा दिएर बिदाई

विराटनगरः प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमित निको भएका छन् ।

दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

निको हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । कोरोना जितेर डिस्चार्ज हुनेहरूलाई पुष्पगुच्छा दिएर बिदाई गरिएको छ ।

याे पनि पढ्नुस  चितवनका १ जनामा पहिलो परीक्षणमा कोरोना ‘पोजेटिभ’

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८० जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जनाको विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  एक महिलामा कोरोना देखिएको आरोग्य फाउन्डेसनका कर्मचारीको रिर्पाेट आयो

नेपालमा हालसम्म १८ सय ४६ जनामा कोरोना संक्रमढा पुष्टि हुँदा २३९ जना निको भएका छन् । संक्रमितमध्ये ८ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्