यी हुन् कोरोना रोकथामका प्रभावकारी ३ उपाय

काठमाडौंः कोरोना भाइरस रोकथाममा मास्क प्रभावकारी भएको एक अध्ययनले देखाएको छ ।

अमेरिकामा गरिएको एउटा नयाँ अनुसन्धानले मास्क लगाउनु र सामाजिक दूरी पछ्याउनुले कोरोना भाइरसको फैलावटलाई प्रभावकारी रुपमा रोक्न सक्छ । बारम्बार हात धुँदा पनि यसले सहयोग र्पुयाउँछ ।

खोजकर्ताहरू भन्छन कि एन–९५ मास्क कोरोना रोक्न सबैभन्दा प्रभावकारी हुन सक्छ, जबकि शल्य चिकित्सा मास्कले कपडाको एकल तहको मास्क भन्दा राम्रोसँग काम गर्दछ ।

याे पनि पढ्नुस  भारतमा अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली भेटिए

सोमबार प्रकाशित यस अनुसन्धानअनुसार दुईजना व्यक्तिबीच कोरोना संक्रमणको जोखिम एक मिटर वा तीन फिटको दूरीले घटाइएको छ, यद्यपि दुई मीटरसम्मको दूरी कायम गर्नु राम्रो हुन्छ ।

कमेन्ट गर्नुहोस्