थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंः नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै अछामका रहेका छन् । योसँगै अछाममा संक्रमितको संख्या ११ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार मेल्लेख गाउँपालिकामा ८ जना र मंगलसेन नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

याे पनि पढ्नुस  आज थप ५८ जनाले जिते कोरोना

सुर्खेत प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुंगानाले बताए ।

यसअघि अछाममा चौरपाटी गाउँपालिकाका दुईजनामा कोरोना भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्