कोभिड–१९ः नेपालको लागि अवसर हुनसक्छ

माधव गैरे

विश्व कोभिड–१९ को महामारीमा छ । वास्तवमा आज विश्वमा बढ्दै गएको यो महामारीको सुक्ष्म अध्ययन गर्द यो जति जटिल छ त्यो भन्दा हल्ला ठूलो देखिन्छ । त्रास ठुलो छ ।

डरले मानिसहरूलाई मारिरहेको छ । हो, अनेकौं वहानामा मरेका मात्रै नभएर कैयौं विरामीले आफैं गरेको हेलछेक्राईं यसका लागि अपनाउनुपर्ने, कमसेकम सर्तकता अपनाउने हो भने यसलाई जीत निकाल्न खासै महँगो हुँदैन ।

म आफैं गरेको महसुसले के सिकायो कि हाम्रा शरीरमा भएको कफको मात्र र त्यसबाट शरीरलाई पर्ने समस्याको अनुगमनमा यो रोगको विशेष उपचार नभए पनि यसलाई नियन्त्रणमा लिएर आउने जैविक विधि पालनासहित मानवीय जीवनमा कस्ता विधिले यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने अवस्था हो । क्वारेन्टाइनमा बसेर घरेलुु उपचार गरेर आफुले आँफैलाई स्वास्थ्यलाभ लिनु कोभिड जित्नु हो । दुरी कायम राख्दै पुर्बीय सनातन विधिको उपचार पद्धतिको माध्यमबाट यसलाई सहजै जित्न सकिन्छ ।

तर पुराना केही दिर्घकालीन रोग र सजगतामा कमी आएको खण्डमा यसले आफ्नो महामारीको रूप नदेखाउँला भन्न सकिँदैन । विभिन्न समयमा आएका महामारी हेर्दा पनि यो त्यस्तो महामारी देखिँदैन तर अहिलेसम्म यसको उपचारमा बिधी र औषधि नमिल्नुले त्रास उत्पन्न गराएको पक्का हो ।

विश्व महामारी हिजो विभिन्न समयमा भएकै हो । र अब पनि नहोला भन्न सकिँदैन । यसमा सुरुदेखि अहिलेसम्मको बुझाइँले यो जति हल्ला गरिएको देखिएको छ उति ठूलो महामारी नभई केहि संयमता अपनाउँदै कामलाई निरन्तरता दिनुको विकल्प संसारमा केहि देखिँदैन ।

याे पनि पढ्नुस  उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, के विषयमा हुँदैछ छलफल ?

आज अन्तर्राष्ट्रिय बजारकै माहोल हेर्दा समय खासै जागिर भन्दा व्यवसाय र व्यवसायभन्दा कृषि ठुलो देखिँदै गएको छ । नेपालजस्तो बाहिर देशमा श्रम बेचेर देश चलाउँदै आएको देशलाई आजको परिस्थितीबाट कसरी उभो लाग्ने यो एउटा गम्भीर विषय भएको छ । किनभने आज विदेशबाट आउँदै गरेको रेमिटेन्स घट्ने मात्रै होइन धेरैको जागीर जाने र घर फर्कने सम्भावना पनि उतिकै छ । यसबाट रेमिटान्स घट्ने मात्रै होइन बेरोजगारीका कारण अनेकौं घटना घट्ने सम्मको डर देखिन्छ ।

माधव गैरे ।

आजको परिवर्तित समय र शौखिन संसारको अवस्थाले यहीँ संकेत गरेको छ । आज संसार सुनसान छ । व्यापार ठप्प छ । नेपालकै अवस्थाको कुरा गर्दा बजारमा अबका केही समयपछि भोकको महामारी आउन सक्छ, विभिन्न देशबाट नेपाली घर फर्कन हतारमा छन् । दिन दुई गुणा र रातमा चार गुणा श्रमिक घरमा फकँदैछन् । यस परिपेक्ष्यमा यो महामारी समस्याको जड छँदैछ भने भोकमरी, रोग, बेरोजगारी, अझै विषम विषय बनेर आउनेमा दुई मत छैन । यी जनशक्तिलाई सरकारले बोझ हैन ‘एसेट’ को रुपमा ग्रहण गर्नुपर्छ ।

यस परिस्थितीमा सरकारले के गर्न सक्छ सबैभन्दा महत्वपूर्ण बिषय बनेको छ । बदलिदो यस विषम परिस्थितिले देशमा पर्ने अनेकांै समस्या छँदैछ यदि सरकारले गोटी राम्रोसँग चाल्दै गयो भने यस महामारी पार लगाउँदै गर्दा महामारीको साथमा विश्वको नमुना नेपाल बनाउने अदभुत अवसर समेतको सुनौलो भविष्य सुनिश्चितका लागि यो भन्दा राम्रो अवसर अर्को आउला फेरि भन्न सकिँदैन ।

याे पनि पढ्नुस  ४० जिल्लामा फैलियो कोरोना, कुन प्रदेशमा कति संक्रमित? (सूचीसहित)

सरकारले कृषि तथा कृषिजन्य काममा सहुलियत बजार व्यवस्थापन, बन्द कलकारखाना खोल्दै, साना मझौला तथा ठुला उद्योगमा केही सहुलियत र सम्पूर्ण बजारमा देशको उत्पादनमा पहिलो प्राथमिकता दिँदै अगाडि बढेमा अबको केहीँ बर्षमा देशले औपचारिक रूपमा नै आत्मनिर्भर देशमा आफुलाई उभ्याउन सक्ने देखिन्छ ।

गाउँमा लागेको बाँदरको समस्याको जड नै खाली जमिन हो । कृषकलाई उपयोग गर्दै खाली जमिन व्यवस्थापन गर्दै स–साना कुटिर उद्योगमा जनसहभागीता गराउँदै कृषि बजार व्यवस्थापन गर्दा कृषकको उत्पादन मूल्यभन्दा बजार मूल्य कमि भएमा उत्पादित समानको यथोचित मूल्य नपाउन्जेल भण्डारण गर्दै जतिपनि श्रमिक जसको हातमा सिप छैन कृषक सिप भएकालाई उसको सीपकै आधारमा काम नभए सस्तो कर्जामा ऋण दिँदै उत्पादन क्षेत्रमा श्रमिक प्रयोग गर्दै नेपाल फर्किएको जनशक्ति देशमा नै संचय गर्नु सबै भन्दा महत्वपूर्ण देखिन्छ ।

आज देशमा भएको कर्मचारी जसले काममा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरेको छैन उसबाट नेपालमा अन्य मुलुक सरह भागिदारमा समस्या आउने देखेमा तत्कालै कारवाहीको सिको गर्दै अन्तर्राष्ट्रिय बजार अनुरूपको कर्मचारी बढाउनु नसक्नेलाई हटाउँदै दक्ष जनशक्ती अगाडी सर्दै समुन्नत नेपालको सपना साकार पार्नुको बिकल्प देखिँदैन ।

यस समयमा सरकारले नै अनुमान गरेको १२ देखि १५ लाख नेपाली घर फर्केर आउने भनेको दक्ष्य जनशक्ति घर फर्कनु हो । यस परिस्थितिमा फर्किएका जनशक्तिको सच्चा सदुपयोग गरी सरकारले आफ्नो ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य हाँसिलमा सहयोगी हुनेछ ।

सरकारले विभिन तहमा गर्दै आएको राजनीतिक भर्ती नातावाद र कृपावादलाई आफूबाट पर सार्दै लोकसेवा पास कर्मचारी एउटा तहबाट अर्को तहमा जाँदा पुनः लोकसेवा नै पास गराउँदै अगाडि बढाउन सकेको खण्डमा देश विकासमा अझै छिट्टो फड्को मर्ने देखिन्छ । हिजोको नियमभन्दा आजको फरक हुन्छ भन्दै कर्मचारी लुटलाई कम गराउने, लिनुपर्ने आवश्यक निर्णय तत्कालै लिने र भष्टाचारको जडमा अनुसन्धान गर्न सुरु गर्दै नयाँ कर्मचारी थप्दै पुराना हटाउने काममा सरकार अगाडि बढेको खण्डमा सायद यस महामारीबाट नेपालले सबैभन्दा धेरै फाइदा लिन सक्छ ।

याे पनि पढ्नुस  नेपालमा कोरोनाः कुन जिल्लामा कति संक्रमित ? (सूचीसहित)

यसमहमारीमा सरकारले थोरैमात्रै शक्ति संचय गर्ने हो भने नेपाल अन्य देशको तुलनामा सबैभन्दा धेरैलाभ लिने देश हुनेमा हामी शतप्रतिशत विस्वस्त छौं । यस समयमा सरकारले नै अनुमान गरेको १२ देखि १५ लाख नेपाली घर फर्केर आउने भनेको दक्ष्य जनशक्ति घर फर्कनु हो । यस परिस्थितिमा फर्किएका जनशक्तिको सच्चा सदुपयोग गरी सरकारले आफ्नो ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ बनाउने लक्ष्य हाँसिलमा सहयोगी हुनेछ ।

देशको माटोको सही प्रयोग गरी सञ्चालनमा रहेका अनेकौं सडक मेसिनरी समानभन्दा दैनिक ज्यालादारी गराउने र भुक्षयजस्तो महामारीको जोखिमबाट बच्नपनि यस जनशक्तिको सदुपयोग अपरिहार्य आवश्यकता हो ।

आज कोभिड–१९ ले विभिन्न देशमा श्रमिकले जीवन बिताउँदै गर्दा श्रमिकले पाएका समस्याको कारणले सरकारले थोरैमात्र राम्रो काममा अभिप्रेरित गरेको खण्डमा नेपाल र नेपालीको भविष्य सबैभन्दा राम्रो देखिन्छ । सरकारको ध्यानकर्षण होस् ।

कमेन्ट गर्नुहोस्