सुर्खेतका ११ सहित थप २९ जनामा कोरोना संक्रमण

काठमाडौंः कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना पोजिटिभ देखिएको छ । सुर्खेतमा रहेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सुर्खेत, सल्यान र अछामका गरी २९ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार नयाँ संक्रमितमा सुर्खेतको वीरेन्द्रनगरका ११ जना, सल्यानको दार्मा गाउँपालिकाका १०, अछामका ९ जना रहेका छन् ।

याे पनि पढ्नुस  चितवनबाट १७ जनाको टोलीसँगै घर पुगेका थिए सप्तरीका संक्रमित युवक

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ का ८ जना पुरुष, ३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार सल्यानको दार्मा गाउँपालिका १ का १ जना पुरुष, वडा नम्बर २ र ३ का २र२ जना पुरुष, वडा नम्बर ४ का ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  फेरि क्वारेन्टाइनमा वृद्धको मृत्यु, काेराेना रिपोर्ट आउन बाँकी

यस्तै, सुर्खेतमा स्वाब परीक्षण गरिएका अछामको मंगलसेन नगरपालिका-४ का २३ वर्षीय पुरुष, मेल्लेख गाउँपालिका-४ का ६ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको डा. तिवारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्