आज ४५ जनाले जिते कोरोना, कुन प्रदेशमा कति डिस्चार्ज? (सूचीसहित)

काठमाडौंः नेपालमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या २ सय ६६ पुगेको छ ।

मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जितेर घर फर्किनेको संख्या २ सय ६६ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् ।

याे पनि पढ्नुस  प्रदेश–१ मा १०३ जनाको रिपोर्ट नेगेटिभ

मन्त्रालयका अनुसार मंगलबार मात्र २ सय ८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २ हजार ९९ पुगेको डा. देवकोटाले जानकारी दिए । सोमबार २ सय ३९ जनाका कोरोना पुष्टि भएको थियो ।

कुन प्रदेशमा कति डिस्चार्ज ?   

याे पनि पढ्नुस  इटालीद्वारा पूरा देश ‘लकडाउन’

प्रदेश १ मा ४८ जना

प्रदेश २ मा १०४ जना

बागमति प्रदेशमा ३० जना

गण्डकी प्रदेशमा ३ जना

प्रदेश ५ मा ७४ जना

सुदूरपश्चिम प्रदेशमा ७ जना

काठमाडौं मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

आज २८८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

कमेन्ट गर्नुहोस्