भेरीले बगाउँदा तीन बालिकाको मृत्यु

डोल्पाः भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका ९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायत रहेका छन् ।

मंगलबार दिउँसो गाईबस्तु चराउन गएर फर्किने बेला उनीहरूलाई नदीले बगाएको डोल्पाका डिएसपी नारायण रञ्जितकारले जानकारी दिए ।

याे पनि पढ्नुस  बोलेरोबाट खसेर मृत्यु

ठुलीभेरी नगरपालिका वडा ९ का अध्यक्ष विरमलकुमार भण्डारीले गाई पानीमा पसेपछि फर्काउन जाँदा तीनै जना नदीले बगाएको बताए ।

तीनै जना बालबालिकाको शव जिल्ला अस्पताल डोल्पामा ल्याइएको छ । शवको बुधबार पोस्टमार्टम हुनेछ ।

कमेन्ट गर्नुहोस्