काठमाडौंमा लकडाउनमा थप कडाई

काठमाडौंः काठमाडौंमा प्रहरीले लकडाउनमा थप कडाई गरेको छ । लकडाउनमा विना काम तथा पास विना सवारी चलाउने बढेको भन्दै ट्राफिक प्रहरीले लकडाउनमा कडाई गरेको हो ।

लकडाउन खुकुलो भन्ने गलत हल्लाको पछाडि नलाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले एक जिल्लाबाट अर्को जिल्लामा पुग्ने नाकाहरू, मुख्य सडकहरू तथा भित्री सडकहरूमा चेकजाँचमा थप कडाई गरेको हो ।

याे पनि पढ्नुस  के एसी (AC) चलाउँदा कोरोना भाइरस फैलिन्छ ?

सो क्रममा मंगलबार मात्रै काठमाडौं उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने १५८४ वटा २ पाङ्ग्रे र २२२ वटा पाङ्ग्रे गरी जम्मा १,८०६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए । उनका अनुसार मंगलबार विहान ६ बजेदेखि वेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिइएको हो ।

याे पनि पढ्नुस  ‘लकडाउन’मा जहाँ पाइन्छ सहज रुपमा ग्यास

महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखेर सवारी साधनहरू चेकजाँच गरिरहेको छ । भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाइएको छ ।

काठमाडौं उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिइसकेको महाशाखाले जनाएको छ ।

पास भएका पनि विशेष निगरानीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले पास भएकालाई पनि विशेष निगरानीमा राखिएको जनाएको छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा चेकजाँचमा कडाईं

पास भएर पनि शान देखाउँदै घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्