नेपाल फर्किन चाहनेले ५ दिन भित्र दूतावासमा प्रमाण बुझाउनुपर्ने

दोहाः कतारस्थित नेपाली दूतावासले पहिलो चरणमा नेपाल फर्किन चाहने नेपालीलाई ५ दिन भित्र इमेलमार्फत प्रमाण पेस गर्न अनुरोध गरेको छ ।

मंगलवार एक सुचना जारी गर्दै दूतावासले नेपाल सरकार, मन्त्रीपरिषदको गत जेष्ठ २ गते सम्पन्न बैठकको स्वीकृत निर्णय अनुसार कोरोना भाइरसको महामारीका कारण स्वदेश फर्काउनैपर्ने अवस्थामा रहेका नागरिकलाई स्वदेश फर्काउनका लागि सहजीकरण गरिदिन दिएको आदेश २०७७ बमोजिम पहिलो चरणको प्रावधानमा परेका नागरिकले आफुसंग भएका प्रमाण सहित जुन ५ तारीख भित्र दूतावासको इमेल ठेगाना [email protected] अथवा ह्वाट्सएप नम्बर +97433560117 मा आफ्नो बिवरण पठाउन दूतावासले सूचनामार्फत सुचित गरेको छ ।

याे पनि पढ्नुस  झापामा पनि १ जनामा एन्टिबडी पोजेटिभ

यसरी आफ्ना प्रमाण सहिको बिवरण पठाउदा वर्गीकरण अनुसार सुत्केरी तथा गर्ववती महिलाले आफ्नो राहादानी अथवा कतारी परिचयपत्रको प्रतिलिपी, बच्चा जन्मेको भए बच्चाको जन्म दर्ताको प्रमाणपत्र तथा गर्भवती भएमा त्यसको प्रमाण खुल्ने कागजात पेश गर्नुपर्ने छ ।

यस्तै कोरोना भाइरसबाहेक अन्य कारण स्वास्थ अवस्था गम्भीर भएकाहरुले आफ्नो राहादानी अथवा कतारी परिचयपत्रको प्रतिलिपी र स्वास्थ अवस्था गम्भीर रहेको प्रमाणित हुने कागजात बुझाउनु पर्नेछ भने अध्यन समाप्त भएका तथा बिध्यार्थीहरुले आफ्नो राहादानी अथवा कतारी परिचयपत्रको प्रतिलिपीका साथमा अध्ययन समाप्त भएको प्रमाणित हुने कागजात पेश गर्नुपर्ने दूतावासले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  कैलाली–कञ्चनपुरका शंकास्पद ६६ जनाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

यसरी स्वदेश फर्किने नेपाली नागरिकहरुले स्वदेश फर्किनु अघि कोरोना भाइरसको परिक्षण गराइ संक्रमण नभएको प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्ने,हवाई उडान खर्च सहित होटेल, क्वारेन्टाइन तथा यातायात सहितको सबै खर्च सम्बन्धित ब्यक्तिले नै व्यहोर्नुपर्ने र तोकिएको स्वास्थ सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने प्रावधान रहेको दूतावास द्वारा जारी सूचनामा उल्लेख छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमित भेटिएपछि भक्तपुरका २ बस्ती बन्द

कमेन्ट गर्नुहोस्