भारतमा कोरोनाः दैनिक बढ्दैछन् संक्रमित र मृतक

काठमाडौंः भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २२१ जनाको ज्यान गएको छ । सोही अवधिमा ८ हजार ८२० संक्रमित थपिएका छन् ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ हजार ८२९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ७ हजार १८३ पुगेको छ ।

याे पनि पढ्नुस  भारतमा आजसम्मकै उच्च संक्रमण, कोरोनाले तोड्यो रेकर्ड, केन्द्रीय मन्त्री गडकरी पोजिटिभ

यसमध्ये ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा १ लाख २८५ कोरोना संक्रमित निको भइसकेका छन् ।

कोरोना भाइरसको संक्रमणको लहर तीव्र बन्दै गएपछि अहिले भारत एसियाकै महामारी केन्द्र बनिरहेको छ । एसियाली देशहरूमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भारतमै फेला परेका छन् ।

याे पनि पढ्नुस  वरिष्ठ चिकित्सक भोला रिजाल दम्पतिलाई कोरोना पुष्टि

भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ । त्यहाँ हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएपछि स्थिति नियन्त्रणबाहिर जाने चिन्ता थपिएको छ । यससँगै भारत सरकारले संक्रमण नियन्त्रण गर्ने लक्ष्यसहित विगत ३ महिनादेखि जारी लकडाउन बढाएर थप १ महिना लम्ब्याएको छ ।

याे पनि पढ्नुस  आज २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमणका हिसाबले अहिले भारत एसियाकै १ नम्बरमा रहेको छ भने विश्वकै सातौँ नम्बरमा छ ।

कुन प्रदेशमा कति संक्रमित ?

कमेन्ट गर्नुहोस्