१२ वर्षीया बालिका गर्भवती, किशोर पक्राउ

उदयपुरः १२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोर रहेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थियो ।

कमेन्ट गर्नुहोस्