नेपालमा ‘निसर्ग चक्रवात’ को प्रभाव, देशभर वर्षा हुने

काठमाडौंः नेपालमा पश्चिमी वायु तथा अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’ आंशिक प्रभाव रहेकोले आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश न. १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहको छ ।

बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने तथा वर्षाकामे सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

राती देशभरि सामान्य बदली रहने र थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

याे पनि पढ्नुस  आज देशभरको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ २१ गते (बुधबार)

दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सु.प. प्रदेशका भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ। प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देश भरि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ २२ गते (विहीबार)

दिउँसोः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाकी प्रदेशका भू-भागमा एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

याे पनि पढ्नुस  शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

जेठ २३ गते (शुक्रबार)

याे पनि पढ्नुस  दुई दिन ढिलो गरी नेपालमा भित्रियो मनसुन

दिउँसोः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाँकी प्रदेशका भू-भागमा थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्