भारतमा झनै फैलिँदै कोरोनाः २ लाख नाघे संक्रमित

नयाँ दिल्लीः लामो अवधिसम्म लकडाउन घोषणा भएपनि भारतमा कोरोना संक्रमण झनै फैलिएको छ ।

देशका सबै राज्यमा देखिएको कोरोना संक्रमण पछिल्ला दिनहरुमा भने झन आकाशिएको हो ।

आज बिहानसम्मको तथ्यांक अनुसार, भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार १ सय ९१ पुगेको हो ।

याे पनि पढ्नुस  कोरोना आशङ्का गरिएका १४ जनाको रिपोर्ट आयो

संक्रमणको केन्द्र भने महाराष्ट्र राज्य बनेको छ । यो प्रदेशमा मात्रै ७२ हजार ३ सय जना संक्रमित देखिएका छन् ।

भारतले संक्रमण रोक्न देशव्यापी लकडाउनको घोषणा गरेको छ । अहिलेसम्म ५ हजार ८ सय २९ जनाको कोरोनाजन्य कारणबाट मृत्यु भएको छ।

याे पनि पढ्नुस  कोरोना जितेः नर्सले फूल दिँदै गर्दा प्रहरीले हत्कडी लगाएपछि...

लक्षणरहित संक्रमण बढी देखिएका कारण संक्रमण निकै बढेको बताइन्छ । हालसम्म एक लाख दुई सय पचासि जना भने निको भएका छन् ।
सम्बन्धित समाचारः

भारतमा कोरोनाः दैनिक बढ्दैछन् संक्रमित र मृतक

कमेन्ट गर्नुहोस्