२४ घण्टामा कोरोनाः ब्राजिलले अमेरिकालाई जित्यो

काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) संक्रमण र मृत्युमा २४ घण्टाको अवधिमा ब्राजिलले अमेरिकालाई जितेको छ ।

पहिलो स्थानको अमेरिकामा २१ हजार ८८२ जना नयाँ संक्रमित थपिँदा १ हजार १३४ जनाको ज्यान गएको छ । तर ब्राजिलमा २७ हजार २६३ जना संक्रमित थपिँदा १ हजार २३२ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  भारतमा संक्रमितको संख्या ७८ हजार नाघ्यो, १/२ दिनमा चीनलाई उछिन्ने सम्भावना

सबैभन्दा बढी प्रभावित देशको सूचीमा दोस्रो स्थानमा रहको ब्राजिलले पहिलो स्थानमा रहेको अमेरिकालाई संक्रमित र मृतक संख्या दुवैमा जितेको हो ।

रुस पछिपछि रहेको छ । रुसमा ८ हजार ८६३ जना संक्रमित थपिँदा १८२ जनाको मृत्यु थपिएको छ ।

अमेरिकामा १८ लाख ८१ हजार २०५ जना संक्रमितको संख्या पुगेको छ । १ लाख ८ हजार ५९ जनाको ज्यान गएको छ । ब्राजिलमा ५ लाख ५६ हजार ६६८ जना संक्रमित हुँदा ३१ हजार २७८ जनाको ज्यान गएको छ ।

याे पनि पढ्नुस  थप ४३ जना संक्रमित निको भए

गत हप्ता संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी नयाँ संक्रमितहरू ब्राजिलमा देखिएका थिए, यो निरन्तर चलिरहेको छ ।

विश्वभर २४ घण्टामा १ लाख १० हजार ८७९ जना संक्रमित थपिए भने ४ हजार ५२८ को ज्यान गयो ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित १० देश

कमेन्ट गर्नुहोस्