बिहानै कमल थापाको चिन्ताजनक ट्वीट, केप्रति लक्षित ?

काठमाडौंः राप्रपाका अध्यक्ष कमल थापाले नेपाली राजनीतिमा विदेशीको चलखेल व्यापक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार ट्वीट गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले विदेशीको चलखेल व्यापक रहेको र ठिकबेठिक छुट्याउन पनि कठिन भएको उल्लेख गरेका छन् ।

उनले जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो हुने चेतावनी दिएका छन् ।

याे पनि पढ्नुस  मन्त्रिपरिषदबाट निर्णय गराएर टुँडिखेलको अस्तित्व जोगाउनुपर्छः अध्यक्ष थापा

थापाले बीआरआई, एमसीसी, संविधान संशोधन, धर्मनिरपेक्षता, संघियता, गणतन्त्रलाई उदाहरणको रुपमा ट्वीटमा उल्लेख गरेका छन् ।

लगत्तै अर्को ट्वीट गर्दै घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिएको औल्याएका छन् ।

याे पनि पढ्नुस  राप्रपा केन्द्रीय महाधिवेशन जेठ २५ मा काठमाडौंमा हुने

उनले भनेका छन्, ‘राजा महेन्द्र, राजा बीरेन्द्र, बिपी, टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ । समयमा सचेत बनौं ।’

नेपालमा लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको छ । भारतीय राजदुत अहिले काठमाडौंमा विभिन्न नेताहरूसँग भेट गरिरहेका छन् ।

याे पनि पढ्नुस  अन्तराष्ट्रिय सिनियर सर्किटः चीनमा कमल थापाको विजयी सुरुवात

साथै नयाँ नक्सा जारीपछि सरकारले अगाडि सारेको संविधान संशोधन विधेयकमा राजपा, समाजवादी पार्टीले सहमति जनाइसकेका छैनन् । थापाको ट्वीट पछिल्लो समयमा विकसित यिनै राजनीतिक घटनाक्रमप्रति लक्षित भएको कतियपको बुझाई छ ।

कमेन्ट गर्नुहोस्