क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु, कोरोना परीक्षण गरिने

डडेल्धुराः डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित रौनाकोट प्राथमिक विद्यालय चिरामा रहेको क्वारेनटाइनमा गन्यापधुरा–२ का ३० वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

प्रारम्भिक सूचना अनुसार मंगलबार राति श्रीमानसंगै शौचालय गएकी महिला एक्कासि बेहोस भएपछि मृत्यु भएको प्रजिअ पन्तले बताए । मृतक महिलाको शव व्यवस्थापनका लागी नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली घटनाथल पुगेको छ ।

याे पनि पढ्नुस  झरनाबाट खस्दा सैनिक श्रेष्ठको मृत्यु

घटना राति करिब ११ बजे भएको हो । मृतक महिला श्रीमान र छोराछोरीसहित तीन दिनदेखि उक्त क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

मृतक महिलाको कोरोना परिक्षणका गर्न स्वाब संकलनका लागि स्वास्थ्यकर्मीहरुको टोली क्वारेन्टाइनतर्फ गएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आसुतोष श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्