‘जेठ २५ गतेभित्र कर तिर्न दिएको निर्देशन अवज्ञा गर्नुस्’

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले दिएको निर्देशन अवज्ञा गर्न आग्रह गरेको छ । बुधबार बिहान ट्वीट गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्देशन अवज्ञा गर्न आग्रह गरेका छन् ।

शर्माले ट्वीट गर्दै भनेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता ? जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन ।’

याे पनि पढ्नुस  नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्नः महामन्त्री कोइराला

उनले अगाडि लेखेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता ! सोध्न चाहन्छु– कसैको व्यक्तिगत सनकमा देश चल्दैछ कि यही हो, कम्युनिस्ट समाजवादको आधारशिला !’

मंगलबार विभागले सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएको थियो । त्यसको व्यवसायीले समेत विरोध जनाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्