जुम्लामा निषेधाज्ञा जारी

जुम्लाः लकडाउन अत्यन्तै फितलो भएपछि जुम्ला सदरमुकाममा तीनदिन निषेधाज्ञा गरिएको छ ।

जिल्ला सुरक्षा समितिको वैठकले तीन दिन निशेधाज्ञा गर्ने निर्णय गरको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि २३ गते बेलुकी १२ बजेसम्म निशेषज्ञा जारी गरेको हो ।

याे पनि पढ्नुस  चितवनमा २ जनाको पीसीआर परीक्षण पोजेटिभ, थप यकिन गर्न स्वाब काठमाडौं पठाइयो

यसैगरी भारतबाट आउने मानिसहरू अत्याधिक बढेको समयमा बजार क्षेत्रमा लकडाउन उलंघन भएका कारण जोखिम रोक्न सुरक्षा समिति सो निर्णयमा पुगेको हो । पछिल्लो समयमा आमनागरिक र सरोकारवालाहरूको पनि लकडाउनको पालन नभएको र सुरक्षा परिचालन कमजोर भएको गुनासो आउने गरेको थियो ।

याे पनि पढ्नुस  बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्जसँगै कारागार चलान

यसैगरी पछिल्लो समयमा भारतबाट आउनेको संख्या बढिरहेको समयमा सबैले आ–आफ्नो घरमा लकडाउन पालना गरेर बस्न आग्रह गरिएको छ । भारतबाट आउने व्यक्तिहरूको पिसिआर नतिजा धमाधम पोजेटिभ देखिएपछि त्रास फैलिएको छ ।

जुम्लामा १९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

कमेन्ट गर्नुहोस्