थप २ जनामा कोरोना देखियो

काठमाडौंः नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरू पाल्पाको रामपुर नगरपालिका ४ मटेरीको शहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ बर्षका पुरुष हुन् ।

स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले संक्रमण देखिएकाहरू केही दिनअघि भारतबाट आएको बताए । संक्रमित व्यक्तिहरुको सम्र्पकमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ्ग गरेर स्वाब संकलन गर्न थालिएको उनले बताए ।

याे पनि पढ्नुस  अमेरिकामा ह्वात्तै घट्यो कोरोना

योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्