वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकीमा आक्रमण

रुकुमः रुकुमको मुसिकोट नगरपालिका-१४ स्थित छिवाङ ज्युउलामा रहेको अस्थायी प्रहरी चौकी आक्रमण भएको छ ।

मुसिकोट नगरपालिका-१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा मंगलबार साँझ चौकी आक्रमण भएको हो ।

रक्सी खाएर वडाअध्यक्ष केसीले २५ जनाको युवा समूह लिएर साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  कुखुराको भालेको आक्रमणबाट १ जनाको मृत्यु!

आक्रमणपछि उनीहरू फरार भएका छन् । खाना खाइरहेको समयमा आक्रमणकारीहरूले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई समेत कुटपिट गरेको कर्णाली प्रदेशका डीएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ८  जना प्रहरी कार्यरत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्