१३ छोरीलाई बलात्कार आरोपमा बुबा पक्राउ

धनगढीः कैलालीमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका-५ भासु बजारमा बस्दै आएका ४५ वर्षीय बुबालाई ईलाका प्रहरी कार्यालय फल्टुडेले प्रकाउ गरेको हो ।

गत जेठ १७ गते प्रहरीमा उजुरी परेपछि उनि घरबाट भागि फरार रहेका थिए । उजुरी परेको ३ दिनपछि मंगलबार प्रहरीले उनलाई सहजपुर जंगलबाट भागिरहेको अवस्थामा पक्राउ गरेको हो ।

याे पनि पढ्नुस  ११ दिनसम्म पनि पक्राउ परेन एसपी भट्टमाथि खुकुरी हान्‍ने समूह

पीडित बालिकाका अनुसार भासु जंगलमा रुखमा हात खुट्टा बाँधेर र घरमै समेत बलात्कार गर्ने गरेकोे आरोप लागेको छ । कसैलाई खबर गरेमा मार्ने धम्कीसमेत दिँदै आएको पीडित बालिकाले बताएकी छिन् ।

प्रकाउ परेकालाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाउने ईलाका प्रहरी कार्यालय फल्टुडको प्रमुख ईन्सपेक्टर माधव विश्वकर्मा बताए । पिडक पुरुषको नाम गोपनियताका कारण खुलाइएको छैन ।

कमेन्ट गर्नुहोस्