लकडाउनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विज्ञलाई

काठमाडौंः गत चैत ११ गतेदेखि जारी लकडाउन उल्लंघन हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल गर्ने भएका छन् ।

लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरूसँग संवाद गर्ने भएका हुन् ।

याे पनि पढ्नुस  बैशाख २५ गतेसम्म लम्बियो लकडाउन

प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा छलफल गर्ने गरी विभिन्‍न क्षेत्रका २५ जना विज्ञलाई बोलाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘यो छलफलमा अहिलेसम्मको लकडाउनको समीक्षा हुनेछ। त्यसैगरी लकडाउनले पारेका प्रभाव र आगामी रणनीतिबारेमा प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ’, थापाले भने, ‘छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ, सामाजिक अगुवासहितका करिब २५ जनालाई बोलाइएको छ ।’

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार, सामान्य खाना खान थाले

प्रधानमन्त्रीले लकडाउनको मोडालिटीसहित अहिलेसम्मको अवस्थाबारे पनि विज्ञहरूसँग समीक्षा गर्ने थापाले जानकारी दिए ।

यो छलफलका लागि डा. लोचन कार्की, स्वर्णिम वाग्ले र डा. भगवान कोइरालासहितलाई बोलाइएको छ । पछिल्लो पटक थपिएको लकडाउनको म्याद ३२ जेठमा सकिँदै छ ।

कमेन्ट गर्नुहोस्