रुकुम घटनामा बेपत्ता शाहीको शव फेला

जाजरकोटः १० जेठमा रुकुम पश्चिमको सोती गाउँमा भएको विवादपछि भेरी नदीमा बेपत्ता भएका जाजरकोटका गोविन्द शाहीको शव भेटिएको छ ।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठका अनुसार शाहीको शव मंगलबार भेरी नदी किनारमा भेटिएको हो । यसअघि भेरी नदीमा ५ जनाको शव फेला परेको थियो ।

याे पनि पढ्नुस  जग्गा विवादमा खुकुरी प्रहारबाट दाइले गरे भाइको हत्या

जाजरकोट भेरी नगरपालिका-४ रानागाउँबाट २० वर्षीय नवराज बिक र रुकुम पश्चिम चौरजहरी नगरपालिका-८ सोती गाउँकी किशोरीबीचको अन्तरजातीय विवाहको बीचमा विवाद हुँदा सो घटना हुन पुगेको थियो ।

सोतीका गाउँलेले आक्रमण गरेर भाग्ने क्रममा उनीहरु भेरी नदीमा बेपत्ता भएको दावी गरिएको छ। नवराज बिकसहित ६ जनाको मृत्यु भएको सो घटनाबारे विभिन्न छानबिन समितिले छानबिन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्