यूएईमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकद्वारा राहत प्रदान

यूएईः सेन्चुरी बैंकको सेन्चुरी रेमिटले यूएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ । सेन्चुरी बैंकले खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

सेन्चुरी बैंकका यूएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराइएको हो ।

याे पनि पढ्नुस  सहयोग लिएर दूतावासमा धर्ना दिन जानु निन्दनीयः एनआरएन यूएई  

आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधिले उपलब्ध सहयोग सामाग्री बुझेका थिए ।

यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन) युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामग्री उपलब्ध गराएको छ । टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु, १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

याे पनि पढ्नुस  दूतावासद्वारा यूएईबाट १७ हजार नेपाल फर्किन चाहनेको तथ्यांक सिफारिश

उक्त सामग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपालले बुझेका थिए ।

परदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल,सहज,छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताए । विभिन्न दाताहरूबाट प्राप्त सहयोगले समस्यामा परेकाहरुलाई सहायता गरिने छ ।

कमेन्ट गर्नुहोस्