कर्णालीमा ५ महिने शिशुसहित १६ जनामा कोरोना संक्रमण

सुर्खेतः कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना पोजिटिभ देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार बुधबार थप १६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

कर्णाली प्रदेश अस्पताल सुर्खेत स्थित पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीलेले बताए । संक्रमित हुनेमा कालिकोटका ५ महिने शिशुसहित ७ जना, सल्यानका २ जना, दैलेखका ७ जना रहेका छन् ।

याे पनि पढ्नुस  को हुन् आज थपिएका २१३ सङ्क्रमित ? (सूचीसहित)

कालिकोटको महाबै गाउँपालिका-२ का २२ वर्षीय पुरुष, वडा नम्बर ४ का ४ महिने शिशु र २८ वर्षीय, तिलागुफा नगरपालिका २ का २१ वर्षीय पुरुष, पलाँता गाउँपालिका ७ का ४२ वर्षीय पुरुष, शुभकालिका गाउँपालिका ३ का २१ वर्षीय पुरुष, सान्नीत्रिवेणी गाउँपालिका २ का २० वर्षीय महिलामा कोरोना पुष्टि भएको हो ।

याे पनि पढ्नुस  खाद्यान्न मौज्दातको अवस्था बुझ्न उद्योगमन्त्री भट्ट बिहानै ठूला गोदाममा पुगेपछि (फोटोफिचर)

यस्तै, सल्यानको कुमाख गाउँपालिका ३ का १९ र २४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो । त्यसैगरि दैलेखको नारायण नगरपालिका २ का २०, २४, २५, २५, ३० वर्षीय पुरुष, दुल्लु नगरपालिका २ का १७ वर्षीय पुरुष र नौमूले गाउँपालिका ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

याे पनि पढ्नुस  केरूङ नाकाको बन्द यथावत

यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

कमेन्ट गर्नुहोस्