अव्यवस्थित क्वारेन्टिनले स्थानीय मर्कामा

उमेश बन्जाडे, दाङः पारिवारिक अवस्था सुधार्न अर्को जिल्ला पुगेका देउखुरिका मजदुरहरू वडा सरकारको परिबन्धमा टोलाई रहेका छन् ।

माओवादी जनयुद्धताका हँसियाहथौडाको झण्डा फहराइएको जखेरा मार्ग केही दिनका लागि सामाजिक क्वारेन्टिनमा रूपान्तरण भएको छ।

तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा निर्वाचित बाबुराम चौधरीको पहलमा जिल्ला बाहिरको ईट्टा भट्टामा कार्यरत स्थानीय मजदुरलाई त्यहाँ स्थानान्तरण गरिएपछि मानव वस्ती क्वारेन्टिनमा रुपान्तरण भएको हो ।

याे पनि पढ्नुस  १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ

यता क्वारेन्टिनमा रहेका स्थानीयले सन्चारकर्मी समक्ष सरकारमार्फत् आफूहरूले पाउनु पर्ने सेवा सुविधाबाट बन्चित गरेको गुनासो निरन्तर गरिरहेका छन् । सुनौला सपना सजाउँदै घरमा ससाना बच्चा छाडेर विभिन्न जिल्ला पुगेका उनीहरू आफ्नै घर बाहिरको एउटा टिठलाग्दो झुपडीमा दिनचर्या कटाई रहेका छन् । ‘स्थानीय सरकार ठालु त बन्यो, तर आफ्ना मजदुरहरूको व्यवस्थापनमा चुक्यो’, एक मजदुर गुनासो गर्छन् ।

अचम्म त के छ भने वडामा रहेका विभिन्न सामुदायिक बिद्यालयमा नगरपालिकाले क्वारेन्टिन निर्माणका लागि निर्देशन दिइसकेको छ । तर, मानव वस्ती पनि हालका लागि सामाजिक क्वारेन्टिनको उपयुक्त थलो भएको वडाध्यक्ष चौधरीको ठहर छ । यद्यपि त्यहाँका सामाजिक अगुवाहरू यो विषय वडा अध्यक्षको साँघुरो सोचको उपज भएको ठम्याउँछन् ।

याे पनि पढ्नुस  उपनिर्वाचनमा पुरुषभन्दा महिला मतदाता बढी

झनै आश्चर्यको विषय के भने यो कुरो लमही नगरपालिकाका मेयर कुलबहादुर केसीलाई समेत अत्तोपत्तो छैन। नगर सरकारले क्वारेन्टिनको विषयमा ठोस निर्णय गरेको र यो बारेमा आफू अन्जान रहेको मेयर केसीको प्रतिक्रिया छ । लमही नगरपालिका-३ का वडाध्यक्ष बाबुराम चौधरीले भने केही समयका लागि बहिर्गमित मजदुरहरूको सहजताका लागि सामाजिक क्वारेन्टिन अन्तर्गत बस्तीमा व्यवस्थापन गरिएको प्रतिक्रिया दिएका छन् । यता क्वारेन्टिनमा रहेका मजदुरले आफ्नै बलेनिमा निस्तो रात काट्नु परेको दुःखेसो पोखिरहेका छन् ।

कमेन्ट गर्नुहोस्