बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्जसँगै कारागार चलान

बैतडीः बैतडीका पहिलो कोरोना संक्रमित उपचारपछि निको भएका छन् । प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका-२ का २२ वर्षीय युवक निको भएका हुन् ।

९ जेठमा कोरोना संक्रमण पुष्टि भएर जिल्ला अस्पतालमा उपचाररत उनी कोरोनामुक्त भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोशीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपश्चात २ पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको डा. जोशीले बताए । मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

याे पनि पढ्नुस  मोटरसाईकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

१२ दिनदेखि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारतत युवकलाई कोरोना जितेपछि आजै डिस्चार्ज गरिएको छ ।

कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका युवकमा जेठ ९ गते कोरोेना पुष्टि भएको थियो । गत वैशाख १५ गते किशोरी मृत्यु प्रकरणमा पक्राउ परेका उनलाइ प्रहरी हिरासतमै रहेका बेला कोरोना पोजेटिभ देखिएको हो ।

याे पनि पढ्नुस  कोरोना संक्रमितको उपचार तोकिएको अस्पताल मात्रै हुन्छः मन्त्री ढकाल

यस्तै कोरोनामुक्त भएका ती युवकलाई आजै कारागार चलान गरिएको छ । कर्तव्य ज्यान अभियोगमा जिल्ला प्रहरी कार्यालयको हिरासतमै रहेका बेला कोरोना पुष्टि भएका २२ वर्षिय युवकलाइ कारागार चलान गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोनाको औषधि बनेको चिनियाँ वैज्ञानिकको दाबी

कोरोना जिते पनि जिल्ला अदालत बैतडीले ती युवकलाई यसअघि नै पुपक्षका लागि कारागार चलान गर्न आदेश दिएकाले कारागार चलान गरिएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्दले बताए ।

कमेन्ट गर्नुहोस्