सुदूरपश्चिममा थपिए आज ५ कोरोना संक्रमित

कैलालीः सुदूरपश्चिममा बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज ५ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना संक्रमित गायिका कपुरविरुद्ध मुद्दा दायर

उनका अनुसार आज संक्रमित थपिएका धनगढी उपमहानगरपालिका-५ का ५१ बर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २०, २५ बर्षीय पुरुष, डोटीका पूर्वीचौकी गाउँपालिका-४ का २३ बर्षीय र पूर्वीचौकी-७ का २५ वर्षकका युवक रहेका छन् ।

यो सहित सुदूरपश्चिमा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ । जसमध्ये ७६ जना प्रदेशभित्रै रहेका छन् ।

याे पनि पढ्नुस  बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ र बाजुर घर भएका १/१ जना कर्णाली प्रदेशमा उपचार भइरहेको छ । सुदूरपश्चिमा अहिलेसम्म ७ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्