काठमाडौं मेडिकल कलेजका थप १ चिकित्सकमा कोरोना पोजिटिभ

काठमाडौंः सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजका थप १ चिकित्सकमा कोरोना पोजिटिभ देखिएको छ ।

मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीका अनुसार मंगलबार २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको मेडिकल कलेजमा आज १ चिकित्सकमा कोरोना पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  भारतमा ५३ पत्रकारलाई कोरोना संक्रमण

हाल अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी १ सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको डा.कार्कीले उनले बताइन् ।

कमेन्ट गर्नुहोस्