जलाउँदै गरेको शव प्रहरीले नियन्त्रणमा लियो

गौरः रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले जलाउन लागेको अवस्थामा १ महिलाको शव नियन्त्रणमा लिएको छ ।

चन्द्रपुर नगरपालिका-१० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षीया सस्मा कुमारीको शव प्रहरीले नियन्त्रणमा लिएको हो । उनकाअनुसार शंकास्पद अवस्थामा लाश जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शव बरामद गरेको डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

याे पनि पढ्नुस  रौतहटमा थप २२ जनामा कोरोना संक्रमण

मृतकका श्रीमान् मुकेश पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको शाहीले जानकारी दिए । महिलाको मृत्युपछि घरका अन्य सदस्यहरू फरार रहेका छन् । माइती पक्षलाई जानकारी नै नदिएर दाह संस्कार गर्न लागेको भन्दै मृतकका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

याे पनि पढ्नुस  तनहुँमा दुई वर्षीय बालकको शव बीभत्स अवस्थामा फेला

मृतकका आफ्न्तले शंकास्पद मृत्यु भएको सूचना प्रहरीमा दिएपछि प्रहरीले जलाउन लागेको शव ल्याएर चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ ।

कमेन्ट गर्नुहोस्