नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौंः नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

दोलखा भिमेश्वर नगरपालिका-२ का ति वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो।

याे पनि पढ्नुस  २३०० पुगे संक्रमितः तपाईंको जिल्लामा कति ? (सूचीसहित)

उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट गएराति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको छ।

संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो। तर, जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरेको थियो ।

आज २०१ जनामा कोरोना संक्रमण पुष्टि

२७८ संक्रमितले जिते कोरोना, कुन प्रदेशमा कति निको? (सूचीसहित)

कमेन्ट गर्नुहोस्