को हुन् कोरोनाबाट ज्यान गुमाउने नवौं व्यक्ति?

काठमाडौंः नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप १ जनाको कोरोनाबाट मृत्यु भएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

उनको बुधबार मृत्यु भएको र उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूष रहेको देवकोटाले बताए । दोलखा भिमेश्वर नगरपालिका–२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।

याे पनि पढ्नुस  क्वारेन्टाइनमा नबस्दा ८ जनाले बनाए १९१७ जनालाई संक्रमित

हेमोरेजिक स्ट्रोक भएको कारण उनलाई जेठ १३ गते सिनामंगलको केएमसी अस्पताल ल्याईएको थियो । उनको न्यूरो सर्जरी गरिएको थियो ।

जेठ १४ गते उनको स्वाब स‌ंकलन गरेपछि उनमा कोरोना पोजेटिभ देखिएपछि थप उपचारको लागि त्रिवि शिक्षण अस्पताल सारिएको थियो ।

याे पनि पढ्नुस  इपीएल लगायत खेलकुद प्रतियोगिता रोक्ने तयारी

यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्